२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

साउन ५ गतेदेखि म्युचुअल फन्ड इकाई बिक्री खुला गर्दै लक्ष्मी क्यापिटल


सञ्चार डबली
  • बुधबार, असार २७ २०८०
  • 9.2K
    SHARES

  • images
    साउन ५ गतेदेखि म्युचुअल फन्ड इकाई बिक्री खुला गर्दै लक्ष्मी क्यापिटल

     

    काठमाडौ, २७ असार । लक्ष्मी क्यापिटलले साउन ५ गतेदेखि म्युचुअल फन्ड इकाई बिक्री खुला गर्ने भएको छ । यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ को कुल ८ करोड इकाई निष्कासन गर्न लागेको हो । यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५५ कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।

    बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला हुनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा सबै इकाई बिक्री नभएमा भने साउन १९ गतेसम्म इकाई बिक्री खुला रहनेछ । यो १० वर्षे योजना हो । ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend