२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको फलफूल तथा तरकारीको मूल्य, डल्ले च्याउ २५० रुपैयाँ


सञ्चार डबली
  • बुधबार, असार २७ २०८०
  • 8.9K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको मूल्य, डल्ले च्याउ २५० रुपैयाँ


    काठमाडौँ, २७ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेडाको मूल्य स्थिर नै रहेको छ । मंगलबार ९० रुपैयाँ न्यूनतम मूल्यमा बिक्रि भएको नेपाली ठूलो गोलभेँडाको मूल्य आजको लागि ९० रुपैयाँ नै तोकिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो आलु ४५ र सेतो आलुको मूल्य ३४ रुपैयाँ न्यूनतम मूल्य तोकेको छ ।

    त्यस्तै, स्थानीय काउलीको मूल्य भने १० रुपैयाँले बढेर आएको छ । मंगलबार प्रतिकेजी काउली ७० रुपैयाँमा बिक्रि भएकोमा आज यसको न्युनतम मूल्य प्रतिकेजी ८० पुगेको छ । तर,लोकल बन्दाको मूल्य स्थिर छ । आजको बजार मूल्य १० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

    लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ९०, घिउ सिमी लोकल १००, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल १०, भन्टा लाम्चो ७०, मकै बोडी ९०, भटमासकोशा ९०, तितो करेला ७०, लौका ६०, परवल ५०, फर्सी पाकेको ४०,कन्ने च्याउ १४०,डल्ले च्याउ २५०, कुरीलो २०० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । त्यस्तै, पालंूगो साग प्रतिकेजी ८० रुपैयाँ, रायोको साग पनि प्रतिकेजी ११० रुपैयाँ तथा तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज ६० रुपैयाँ मूल्य रहेको छ ।

    फलफूलमा, केरा दर्जन १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००,कागती १४०, अनार ४००,आँप मालदह ११०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०,किवि ८००, लिच्ची १५० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend