२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अर्थ समितिको बैठक बस्दै, मौद्रिक नीतिको आगामी कार्यदिशामा छलफल हुँने


सञ्चार डबली
  • बुधबार, असार २७ २०८०
  • 8.7K
    SHARES

  • images
    अर्थ समितिको बैठक बस्दै, मौद्रिक नीतिको आगामी कार्यदिशामा छलफल हुँने


    काठमाडौँ, २७ असार । आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयमा आज बस्ने अर्थ समितिको बैठकमा राष्ट्र बैंकका गभर्नर र अर्थ मन्त्रालयका पदाधिकारीसँग मौद्रिक नीतिबारे छलफल गर्ने तयारी गरिएको छ ।

    बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन,मौद्रिक नीतिका उपकरणहरु र तिनीहरुको प्रवृत्ति लगायतका अन्य विविध विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डाक्टर प्रकाशशरण महत लगायतसंग विषयगत छलफल हुने बताइएको छ । त्यस्तै, आजै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बस्दै छ । दिउँसो १ बजे समितिको समितिको सभाकक्ष सिंहदरबारमा बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend