२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : शनिबारसम्म भारी वर्षा र बाढी आउने चेतावनी, अत्यावश्यक नभइ बाहिर ननिस्कन आग्रह


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १४ २०८२
  • 7.1K
    SHARES

  • images
    आजको मौसम : शनिबारसम्म भारी वर्षा र बाढी आउने चेतावनी, अत्यावश्यक नभइ बाहिर ननिस्कन आग्रह

    काठमाडौं । बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको प्रभावले शुक्रबार (आज) र शनिबार (भोलि) बागमतीसहित तीनवटा प्रदेशमा भारी वर्षा र बाढी पाहिरोको जोखिम बढेको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारबाट नेपालको मनसुनमा बदली सुरु भएको र यो क्रम शनिबार (भोलि)सम्म कायम रहनेछ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा मध्यम वर्षा भए पनि शुक्रबार (आज)बाट भारी वर्षाको सम्भावना छ ।

    १३ देखि १५ कात्तिकसम्म कोशी, मधेश र बागमती प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने विभागको भनाइ छ । लुम्बिनी प्रदेशका नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भएर बग्ने ससाना नदीमा बाढी आउने चेतावनी विभागले दिएको छ ।

    शुक्रबार (आज) र शनिबार (भोलि) कोशी मधेश र बागमती प्रदेश भएर बग्ने नदीमा बाढीले सतर्कताको तह पार गर्ने चेतावनी विभागको छ ।

    बीपी राजमार्गमा दुई रात सवारी निषेध

    बीपी राजमार्गमा दुई रात सवारीसाधन नचल्ने भएका छन् । वर्षाका कारण उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको खुर्कोट––धुलिखेल खण्डमा बिहीबार रातिदेखि दुई दिन यातायात सञ्चालनमा रोक लगाएको हो ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा सिन्धुली जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै सवारीसाधन र यात्रुलाई सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगाउनका लागि विशेष सावधानी अपनाउन आवश्यक रहेको उल्लेख छ ।

    मकालु पदमार्गमा रोक

    संखुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिला प्रशासन कार्यालय संखुवासभाले एक सूचना प्रकाशित गर्दै १५ कात्तिक शनिबारसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रमा पदमार्गमा यात्रा नगर्न प्रशासनले अनुरोध गरेको हो ।

    मंगलबारदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको हो । १५ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरिएको संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend