२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गाउँ–घर जताततै पाईने तितो तीतेपातीको मिठो फाइदाः हेर्नुहोस् यसरी धेरै प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ


सञ्चार डबली
  • मंगलबार, कात्तिक ११ २०८२
  • 6.3K
    SHARES

  • images
    गाउँ–घर जताततै पाईने तितो तीतेपातीको मिठो फाइदाः हेर्नुहोस् यसरी धेरै प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ

    काठमाडौं । धार्मिक कार्यमा समेत उपयोगी हुने तितेपातीमा धेरै औषधीय गुण हुन्छन् । तितेपाती खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ ।  हाम्रै गाउँ–घर तिरका पाखा–पखेरामा पाइने तितेपातीको उपयोगिताको बारे अधिकांशलाई थाहा नहुन सक्छ। गाई–बस्तुका लागि स्याउला सोतरको रुपमा प्रयोग गरिने तितेपाती विशेष औषधीय गुणले भरिपुर्ण जडिबुटी हो।  तितेपातीको प्रयोगबारे यहाँ प्रस्तुत गरिएको छ ।

     १) तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ ।

    २) कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ ।

    ३) सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिन सम्म खाएर बन्द्य गर्ने र चापेको 
    महशुस भएपछि फेरि सुरु गर्ने गरेमा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानु हुदैन ।

    ३) जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ ।

    ४) विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीलाई कूल पूजा प्रेम्त कर्म आदिमा समेत प्रयोग गरिन्छ ।

    ५) युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ। बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend