२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको फलफूल तथा तरकारीको मूल्य, टनेल गोलभेडा ३७ रुपैयाँ


सञ्चार डबली
  • मंगलबार, असार २६ २०८०
  • 9.6K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको मूल्य, टनेल गोलभेडा ३७ रुपैयाँ

     

    काठमाडौ, २६ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मङ्गलबार नेपाली ठुलो गोलभेडा, लोकल गाजर, डल्लो भन्टा, भटमासकोशा र न्यूरो प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेडा २३ रुपैयाँ, टनेल गोलभेडा ३७ रुपैयाँ ४० पैसामा किनबेच भइरहेको छ ।

    रातो आलु ४६ रुपैयाँ ८० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ८० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ६७ पैसा, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ ४० पैसा कारोबारका लागि कायम गरिएको छ ।

    यसैगरी, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, स्थानीय काउली र पालूगो साग ८५ रुपैयाँ, स्थानीय ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा, तने बोडी ११० रुपैयाँ, मकै बोडी ९६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १७५ रुपैयाँ, तितो करेला र चुकुन्दर ७५ रुपैयाँ, लौका र झिगूनी प्रतिकेजी ६५ रुपैयाँ, घिरौला ८४ रुपैयाँ, परवर, डल्लो फर्सी र ब्रोकाउली ५५ रुपैयाँ पर्ने भएको छ ।

    त्यस्तै, भिण्डी प्रतिकेजी १०६ रुपैयाँ, स्कूस ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५४ रुपैयाँ, डल्ले च्याउ २७६ रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, रातो बन्दा ६६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पुदीना १३५ रुपैयाँ कायम भएको छ ।

    इमली १३५ रुपैयाँ, तामा ११८ रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, दसहरी र मालदह आँप ११५, कालो अंगुर ५६५ रुपैयाँ, मौसम र जुनार २३५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, लोकल काक्रो ९६ रुपैयाँ, किवि ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा २९२ रुपैयाँ र अकबरे खुर्सानी २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend