२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

घोराही सिमेन्टको आईपीओमा आवेदन दिने अन्तिम दिन आज


सञ्चार डबली
  • सोमबार, असार २५ २०८०
  • 8.1K
    SHARES

  • images
    घोराही सिमेन्टको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

    x

    काठमाडौ, २५ असार । आज घोराही सिमेन्टको आईपीओमा आवेदन दिने अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले २२ असारदेखि स्थगित आईपीओ पुनः बिक्रीमा ल्याएको हो ।

    यस कम्पनीले १ सयअंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर आईपीओ निष्कासन गरेको हो । जसअनुसार प्रतिकित्ता ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वासाधारणका लागि बिक्रीमा ल्याएको छ । यसअघि कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आईपीओ जारी गरेको थियो ।

    कम्पनीले आईपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो । कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको थियो ।

    तथापि, धितोपत्र बोर्डले अध्ययन गरेर घोराही सिमेन्टको आइपीओमा फर्जी आवेदन दिने आवेदनकर्तासँग आइपीओ जारी गर्ने कम्पनी, निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend