२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई राष्ट्र बैंकद्वारा अन्तिम स्वीकृति प्रदान


सञ्चार डबली
  • आइतबार, असार २४ २०८०
  • 10.4K
    SHARES

  • images
    राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई राष्ट्र बैंकद्वारा अन्तिम स्वीकृति प्रदान

    काठमाडौ, २४ असार । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले गत शुक्रबार आशा लघुवित्तलाई पत्र पठाउँदै राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।

    यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र राष्ट्र उत्थान लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यी दुवै लघुवित्तबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो। दुवै संस्थाका सञ्चालक समितिका अधिकारीहरुबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर गरेका थिए।

    आशा लघुवित्त नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडानम्बर ६ मदानपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न जिल्लामा ५५ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको संस्था हो।

    यस्तै राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय चाँहि काभ्रेको बनेपा नगरपालिका वडानम्बर १३ साँगामा रहेको छ। यो लघुवित्तको पनि ७ वटै प्रदेशका विभिन्न जिल्लामा १०० वटा शाखा कार्यालय रहेका छन्।

    राष्ट्र उत्थानको २६ करोड रुपैयाँ र आशा लघुवित्तको ३३ करोड ३९ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ। गत असार १६ गत आशा र राष्ट्र उत्थान लघुवित्तको साधारणसभाले प्राप्ति प्रक्रियालाई स्वीकृत गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend