२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित


सञ्चार डबली
  • आइतबार, असार २४ २०८०
  • 9.5K
    SHARES

  • images
    एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

     

    काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिएको छ ।

    आइतबार पनि बैठक सुरु भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेलगत्तै एमालेका सांसद उठेर विरोध जनाए । यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समय दिएपछि बालेकी भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध बोलेकाले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने जानकारी दिइन् ।

    उठेर विरोध जनाइरहेका एमाले सांसदहरुलाई अध्यक्ष तिमिल्सिनाले पटक पटक बस्न र बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरे । तर, उनीहरुले अस्वीकार गरे । यसपछि अध्यक्ष तिमिल्सिनाले सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरे

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend