२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प


सञ्चार डबली
  • आइतबार, असोज ५ २०८२
  • 7.5K
    SHARES

  • images
     दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको लेखन र शीर्ष अभिनय रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ ।

    असोज १३ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको निर्माण पक्षले शनिबार युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।

    यो फिल्ममा हरिवंशले निर्वाह गर्ने गरेको चर्चित पात्र ‘हरिबहादुर’लाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ । ट्रेलरले यो फिल्म सामाजिक कथामा हाँस्य खुराक मिसाएर बनाइएको बताउँछ ।

    ट्रेलरमा निर्वाचनको दृश्य समावेश गरिएको छ । जसमा नायिका स्वस्तिमा खड्का नेतृको भूमिकामा देखिन्छन् । नायक प्रकाश सपुत भने ‘साइबर सेनाको नाइके’को रूपमा प्रस्तुत भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend