२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कर्जाको ब्याज अनुदानका निम्ति करिब १० अर्ब निकासा


सञ्चार डबली
  • शनिबार, असोज ४ २०८२
  • 5.1K
    SHARES

  • images
    कर्जाको ब्याज अनुदानका निम्ति करिब १० अर्ब निकासा

    काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका निम्ति करिब १० अर्ब रुपैयाँ निकासा गरेको छ ।

    सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका निम्ति शनिबार (असोज ४) नौ अर्ब ८० करोड रुपैयाँ निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

    “चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सातवटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउन मन्त्रिस्तरीय निर्णय भएको छ,” अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंकप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend