२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुडानका दुई प्रतिद्वन्द्वी सेनापतिबीच हवाई आक्रमण : २२ जनाको मृत्यु


सञ्चार डबली
  • आइतबार, असार २४ २०८०
  • 9.1K
    SHARES

  • images
    सुडानका दुई प्रतिद्वन्द्वी सेनापतिबीच हवाई आक्रमण : २२ जनाको मृत्यु

    काठमाडौ, २४ असार । सुडानका दुई प्रतिद्वन्द्वी सेनापतिबीच जारी द्वन्द्वका कारण भएको हवाई आक्रमणमा २२ जनाको ज्यान गएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। उसका अनुसार राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वका बीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला हो।

    प्रत्यक्षदर्शीसँग कुरा गर्दै बीबीसीले ज्यान गुमाउनेमा महिला र बालबालिका पनि रहेको बताए । उही समयमा र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ज्यान गुमाउनेको संख्या ३१ रहेको बताएको छ।

    समाचार अनुसार सुडानमा देशको सेना र अर्धसैनिक बल (र्यापिड सपोर्ट फोर्स) बीच विगत केही दिनदेखि घातक द्वन्द्व चलिरहेको छ, जसमा मानिसहरूले लगातार ज्यान गुमाइरहेका छन्।

    सुडानको राजधानी खार्तुम र ओमदुरमानमा आरएसएफको नियन्त्रण छ। १२ साताभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण जनताले धेरै समस्या भोग्दै आएका छन् । पसल, बजार र औषधि पसल पनि दिनको अधिकांश समय बन्द रहन्छन् । बीबीसीको एक रिपोर्ट अनुसार देशमा द्वन्द्वका कारण ३० लाख मानिसले आफ्नो घरबार छोड्नु परेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend