२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो युरोको भाउ


सञ्चार डबली
  • आइतबार, असार २४ २०८०
  • 23.5K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो युरोको भाउ

     

    काठमाडौ, २४ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ ७३ पैसा र बिक्री दर १४४ रूपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ ।

    हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ७२ पैसा र बिक्री दर १३२ रूपैयाँ ३२ पैसामा तथा युरो एकको खरिद दर १४३ रूपैयाँ ४० पैसा र बिक्री दर १४४ रूपैयाँ ०६ पैसामा कारोबार भएको थियो ।

    बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६८ रूपैयाँ ३३ पैसा र बिक्री दर १६९ रूपैयाँ ०९ पैसामा कारोबार गर्ने अनुमति दिएको राष्ट्र बैकले अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.११ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसामा खरिद बिक्री गर्न सकिने जनाएको छ ।

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ ११ पैसा र बिक्रीदर १० रूपैयाँ १६ पैसा कायम गरिएको छ ।

    साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५ ।२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४२ रुपैयाँमा कारोबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend