२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ


सञ्चार डबली
  • शनिबार, असार २३ २०८०
  • 11.7K
    SHARES

  • images
    वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ


    काठमाडौं, २३ असार । गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीले लोकसेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजात जाँच गर्ने क्रममा तीन जना नक्कली परीक्षार्थी प्रकाउ गरेको हो ।

    परीक्षार्थीको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना प्रकाउ परेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend