२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

यही गतिमा हिँडे २०८४ को निर्वाचनमा कांग्रेसले चुनाव जित्दैन : प्रदीप पौडेल


सञ्चार डबली
  • शनिबार, असार २३ २०८०
  • 10.2K
    SHARES

  • images
    यही गतिमा हिँडे २०८४ को निर्वाचनमा कांग्रेसले चुनाव जित्दैन : प्रदीप पौडेल

     

    काठमाडौं, २३ असार । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टी र सरकार यही गतिमा हिँडे २०८४ को निर्वाचनमा कांग्रेसले चुनाव जित्नै नसक्ने बताएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी नेता पौडेलले यसरी नै सरकार चले २०८४ मा कांग्रेस जुन पार्टीसँग मिलेर चुनाव लडे पनि पराजित हुने दाबी गरेका हुन्। सरकारमा भएका कांग्रेस मन्त्रीहरुले राम्रो काम गरेर जनतालाई विश्वास दिलाउन सके नयाँ पार्टीबाट डराउनु पर्ने अवस्था हट्ने उनको धारणा छ।

    उनले भने, ‘सरकार यसरी नै चलिरहने हो भने २०८४ मा जो–जोसँग मिले पनि हामीले चुनाव जित्न सक्दैनौं। त्यसैले मिसन २०८४ सफल बनाउन सरकार र पार्टी दुवै सुध्रिनुपर्छ।’ ‘हामी जुन जुन सरकारमा छौं, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज दिन सक्यौं भने २०८४ चुनावमा कसैसँग मिल्नुपर्दैन, एक्ल चुनाव जितिन्छ,’ उनले भने।नेता पौडेलले कांग्रेस नेता, कार्यकर्ताले आफ्नै पार्टीका नेतालाई सामाजिक सञ्जालमा खोइरो खन्नु पनि राम्रो नभएको सुनाए।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend