२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लम्पी स्किनले रोपाइँ प्रभावित भएपछि किसानलाई हाते ट्याक्टर वितरण 


सञ्चार डबली
  • शनिबार, असार २३ २०८०
  • 9.6K
    SHARES

  • images
    लम्पी स्किनले रोपाइँ प्रभावित भएपछि किसानलाई हाते ट्याक्टर वितरण 

     

    काठमाडौं, २३ असार । लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । पालिकाले ७५ प्रतिशत अनुदानमा पालिका भित्रका ६० जना किसानलाई हाते ट्याक्टर वितरण गरेको हो ।

    धान रोपाईको समयमा लम्पि स्किन रोगका कारण गोरु मरेपछि मारमा परेका १३ किसान र यस अघि नै हाते ट्याट्क्टर माग आवेदन पेश गरेका ४७ जनालाई हातेट्याक्तर वितरण गरिएको छ ।  

    दोर्दी गाउँपालिका कृषि शाखाका कृषि प्रसार अधिकृति नरहरी घिमिरेका अनुसार लम्पीस्किन रोगले गोरु परेपछि रोपाइनै प्रभावित भएका १३ जना किसानलाई गाउँपालिकाको विपद व्यवस्थापन कोष मार्फत हातेट्याक्तर वितरण गरिएको हो । सो कृषि शाखाको चालु वर्षको कार्यक्रम अन्र्तगत ४७ जनालाई अनुदानमा हातेट्याक्टर वितरण गरिएको छ । 

     कृषकहरुलाई ६ हर्ज पावरको ५५ वटा र ७ हर्ज पावरको ५ वटा हातेट्याक्टर वितरण गरिरेको कृषि शाखाले जनाएको छ । गाउँपालिकाले ६ हर्ज पावरको प्रति हाते ट्याक्टर ५७ हजारमा खरिद गरि पालिकाको ७५ प्रतिशत लागत र किसानहरुको २५ प्रतिशत १४ हजार रुपैयाँ पर्ने गरी उपलव्ध गराएको हो । यसैगरी ६८ हजार मुल्य बरावरको ७ हर्ज पावरको हाते ट्याक्टर किसानको २४ हजार २ सय ५० रुपैया पर्ने गरी उपलव्ध गराएको  कृषि प्रसार अधिकृत घिमिरेले बताए । 

     आफुले पालेका पशुमा रोग सक्रमणले मारमा परेका किसानलाई ट्याक्टर वितरणले केहि राहत मिलेको बताउदै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले हाते ट्याक्टरको प्रयोगले कम लागत, थोरै समयमा सहज रुपमा धेरै काम गर्न सकिने बताए। 

    पछिल्लो समय किसानहरुले गोरु पाल्ने क्रम निकै कम भएको छ । केहि किसानले पालेका गोरुहरु पनि लम्पी स्किन रोग संक्रमण भएपछि चिन्तित बनेका वेला पालिकाले अनुदानमा हाते ट्याक्टर उपलव्ध गराएपछि ठूलो राहत मिलेको किसानहरुले बताएका छन् । दोर्दी गाउँपलिकामा मात्र लप्पी स्किन संक्रमणका कारण  १५ भन्दा बढी गोरु मरेको पशु शाखाले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend