२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मुगुमा पनि लम्पी स्किन रोगको संक्रमण देखियो


सञ्चार डबली
  • बिहीबार , असार २१ २०८०
  • 17.0K
    SHARES

  • images
    मुगुमा पनि लम्पी स्किन रोगको संक्रमण देखियो


    काठमाडौं, २१ असार । मुगुमा पनि पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएको छ । मुगुका चार स्थानीय तहमा लम्पी स्किन रोग देखिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुले जनाएको छ ।

    कार्यालयका अनुसार २७ असार २०७९ देखि हालसम्म ४२९ वटा पशु चौपायाहरुलाई संक्रमण देखिएको छ । मुगुमा लम्पी स्किन रोग बढी मात्रामा बाछाबाच्छीहरुमा रोग देखापरेको कार्यालयले जनाएको छ ।

    सबैभन्दा बढी सोरु गाउँपालिकामा देखापरेको छ भने खत्याड गाउपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा पनि यो रोग देखापरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भीमचन्द्र बुढाले बताए । लम्की स्किन रोगबाट जिल्लामा हालसम्म १२१ वटा गाई वस्तु मरेको उनले बताए ।

    उनले रोग रोकथामको लागि उपचार जारी रहेको र थप उपचारको लागि जिल्लामा रहेका सरोकारवाला सबै निकायसँग सहकार्य भइरहेको जानकारी दिए । लम्पी स्किन हुँदा पशु चौपायामा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, खुट्टा सुनिने, शरीरमा फोका आउने लक्षण देखिएका छन् । व

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend