२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , असार २१ २०८०
  • 10.0K
    SHARES

  • images
    गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको मृत्यु

     

    काठमाडौं, २१ असार । गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका–३ चोरखोला स्थित दाङ तुलसीपुरबाट रोल्पा जादै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तारमा छुइँदा करेन्ट लागेर दुईजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

    मृतक दुईजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी सुचना तथा प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार बसमा २० जना सवार रहेकोमा दुईजनाको मृत्यु र एक जना घाइते भएका छन भने अन्य यात्रु सकुशल रहेको छन् । घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend