२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • बिहीबार , असार २१ २०८०
  • 9.3K
    SHARES

  • images
    सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

     

    काठमाडौ, २१ असार । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ। बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend