२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मेक्सिकोमा बस दुर्घटनाः २९ जनाको मृत्यु, १९ घाइते


सञ्चार डबली
  • बिहीबार , असार २१ २०८०
  • 10.4K
    SHARES

  • images
    मेक्सिकोमा बस दुर्घटनाः २९ जनाको मृत्यु, १९ घाइते

     

    काठमाडौं, २१ असार । मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति एउटा बस ८० फिट अग्लो खाडलमा खसेको छ ।उक्त दुर्घटनामा एक वर्षीय बालकसहित २९ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ जाँदै थियो।

    ओक्साका सरकारका महासचिव जेसस रोमेरो लोपेजले म्याग्डालेना पेनास्को गाउँ नजिकै उक्त दुर्घटना भएको बताए। मृत्यु हुनेमा १३ पुरुष, १३ महिला र एक वर्षका बालक रहेका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्छ।

    दुर्घटनाको अनुसन्धान सुरु भइसकेको जिसस रोमेरोले बताए । प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । अल जजिराका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको हो । यो दुर्घटना भएको सहर पहाडी क्षेत्रमा अवस्थित छ । घुमाउरो सडक र गहिरो खाल्डाहरू छन्।

    सिभिल प्रोटेक्सनको उद्धार टोलीले घाइतेलाई नजिकैको गाउँमा लग्यो। यहाँबाट घाइतेलाई सरकारी अस्पताल लगिएको छ । नागरिक सुरक्षा निकायका अनुसार ६ जना गम्भिर घाईते भएका र घाइतेहरुलाई अस्पताल लैजाँदा बेहोस अवस्थामा थिए । बस हटाउन क्रेनको सहायता लिइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend