२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


सञ्चार डबली
  • बिहीबार , असार २१ २०८०
  • 22.5K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

     

    काठमाडौ, २१ असार । नेपाल राष्ट्र बैंकले आजरका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ २७ पैसा र बिक्री दर १३१ रूपैयाँ ८७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८० पैसा र बिक्री दर १४३ रूपैयाँ ४५ पैसा रहेको छ।

    हिजो अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९४ पैसा र बिक्री दर १३१ रूपैयाँ ५४ पैसामा कारोबार भएको थियो भने युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ६९ पैसा र बिक्री दर १४३ रूपैयाँ ३४ पैसा रहेको थियो ।

    बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ७० पैसा र बिक्री दर १६७ रूपैयाँ ४६ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८५ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २ पैसामा कारोबार गर्न सकिने जनाएको छ ।

    उता जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ८ पैसा र बिक्रीदर १० रूपैयाँ १३ पैसामा खरिद बिक्री गर्न सकिनेछ ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३४ रुपैयाँ कायम गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend