२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जितेन्द्र बस्नेतले पाए काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी


सञ्चार डबली
  • बुधबार, असार २० २०८०
  • 8.9K
    SHARES

  • images
    जितेन्द्र बस्नेतले पाए काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी


    काठमाडौं । गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख जितेन्द्र बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय मंगलबार सहसचिवबाट सविचमा बढुवा भएपछि रिक्त स्थानमा गृहमन्त्रालयको प्रवक्तासमेत सम्हाल्दै आएका बस्नेतलाई सरुवा गरिएको हो । यसअघि उनले चितवन र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend