२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : यी प्रदेशकामा भारी वर्षाको सम्भावना


सञ्चार डबली
  • आइतबार, भदौ १ २०८२
  • 9.4K
    SHARES

  • images
    आजको मौसम : यी प्रदेशकामा भारी वर्षाको सम्भावना

    काठमाडौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

    मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । मधेसलगायत कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भाग र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई र पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend