२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, असार २० २०८०
  • 7.6K
    SHARES

  • images
    सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा

     

    काठमाडौ, २० असार । सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो। यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकी खरिद आवेदन दिनुपर्नेछ।

    यसअघि ३५ दिने सूचना जारी गर्दै बैंकले उक्त सेयर संस्थापक समूहका लागि बिक्री खुला गरेको थियो। तर, संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका सेयर बिक्री खुला गरेको छ। इच्छुक लगानीकर्ताले ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend