२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कृषकलाई समयमै मल उपलब्ध गराउन सांसदहरूकाे माग


सञ्चार डबली
  • शुक्रबार, साउन ३० २०८२
  • 6.1K
    SHARES

  • images
    कृषकलाई समयमै मल उपलब्ध गराउन सांसदहरूकाे माग

    काठमाडौं । राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने, ज्येष्ठ नागरिकले सहजै भत्ता पाउनुपर्नेलगायत माग गरेका छन् ।

    बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले प्रतिवर्ष १५ लाख मेट्रिक टन मल आवश्यक  भए पनि तीन लाख मेट्रिक टन मात्रै उपलब्ध भएको तथा पाँच लाख मेट्रिक टन मल अवैध रूपमा भित्रिने गरेको भन्दै यस विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

    सांसद सुमित्रा वीसीले बर्खायाम सकिन लाग्दा पनि रोपाइँ नसकिएको र प्रतिकिसान २५ किलो मल दिने भनिए पनि नपाएर खाली हात फर्कने गरेको उल्लेख गर्दै स्थायी रूपमा यो समस्या समाधान गर्न सरकारसँग माग गरिन् । सांसद इन्दिरादेवी गौतमले बेरोजगारीका कारण युवामा मानसिक समस्या बढ्दै गएकाले मानसिक स्वास्थ्य उपचारतर्फ ध्यान दिन आग्रह गरिन् ।

    सांसद जगप्रसाद शर्माले आयुर्वेद विज्ञानका हिसाबले नेपाल सम्भावना बोकेको देश भएको र २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयले आयुर्वेदिक शिक्षण अस्पताल सुरु गरी उपचार गर्दै आए पनि अहिलेसम्म कुनै दरबन्दी नहुँदा सेवा दिन समस्या भएकाले यसतर्फ ध्यान दिन सरकारसँग माग गरे ।

    सांसद तुलसाकुमारी दाहालले मधेस प्रदेशमा कायमै रहेको दाइजो प्रथा र बालविवाह हटाउन आवश्यक रहेकामा जोड दिइन् । सांसद मायाप्रसाद शर्माले ज्येष्ठ नागरिकले उनीहरू बस्दै आएको ठाउँबाट भत्ता लिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

    सांसद शारदादेवी भट्टले कैलाली कारागारमा भएको घटनाप्रति खेद व्यक्त गर्दै १४० जनाको क्षमता भएको स्थानमा चाररपाँच सय राख्दा यस्तो अवस्था आएको हुनाले देशभरका सबै जेलको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend