२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रावा इनर्जी डेभलपमेन्ट र मोदी इनर्जीको सेयर कारोबार सुरु


सञ्चार डबली
  • बुधबार, असार २० २०८०
  • 8.5K
    SHARES

  • images
    रावा इनर्जी डेभलपमेन्ट र मोदी इनर्जीको सेयर कारोबार सुरु


    काठमाडौ, २० असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रावा इनर्जी डेभलपमेन्ट र मोदी इनर्जीको सेयर कारोबार सुरु भएको छ । बुधबार स्पेसल प्रि ओपन सेसनमा रावा इनजीको पहिलो कारोबार प्रतिकित्ता २४९.३० रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।

    रावाको चुक्ता पुँजीका आधारमा कायम कुल २८ लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८३.१० रुपैयाँदेखि २४९.३० रुपैयाँसम्म तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट कारोबार सुरु भएको हो । ‘आरएडब्लुए’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।

    यता, मोदी इनर्जीको पहिलो कारोबार प्रतिकित्ता २७० रुपैयाँमा खुला भएको छ । सोही भाउलाई आधार मानेर नियमित कारोबार पनि हुनेछ । यसको चुक्ता पुँजीका आधारमा कायम २ करोड ९० लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको हो । यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९२.५७ रुपैयाँदेखि २७७.७१ रुपैयाँ तोकिएको थियो । ‘एमइएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend