२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर


सञ्चार डबली
  • बुधबार, असार २० २०८०
  • 20.0K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर

     

    काठमाडौं, २० असार ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

    नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९४ पैसा र बिक्री दर १३१ रूपैयाँ ५४ पैसामा कारोबार हुनेछ भने युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ६९ पैसा र बिक्री दर १४३ रूपैयाँ ३४ पैसामा कारोबार भइरहेको छ ।

    हिजो अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८४ पैसा र बिक्री दर १३१ रूपैयाँ ४४ पैसामा तथा युरो एकको खरिद दर १४२ रूपैयाँ ५४ पैसा र बिक्री दर १४३ रूपैयाँ १९ पैसामा कारोबार भएको थियो ।    

     बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६६ रूपैयाँ ४१ पैसा र बिक्री दर १६७ रूपैयाँ १७ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९३ रुपैयाँ  र क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९८  पैसा र बिक्रीदर ९९ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

     उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ७ पैसा र बिक्रीदर ९ रुपैयाँ ११ पैसामा खरिदबिक्री हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ८ पैसा र बिक्रीदर  १० रूपैयाँ १२ पैसामा कारोबार हुनेछ । 
     
    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ ०९ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२८ रुपैयाँमा कारोबार हुनेछ 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend