२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिटिजन लाइफ र सन नेपाललाई प्रिमियम भाउमा आईपीओ बिक्री गर्न बोर्डद्वारा अनुमति


सञ्चार डबली
  • मंगलबार, असार १९ २०८०
  • 11.5K
    SHARES

  • images
    सिटिजन लाइफ र सन नेपाललाई प्रिमियम भाउमा आईपीओ बिक्री गर्न बोर्डद्वारा अनुमति

     

    काठमाडौ, १९ असार । सन सिटिजन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्सुरेन्सलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । सन नेपालले कुल ९६ लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

    सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता २३९ रुपैयाँ र कर्मचारीलाई फेस भ्याल्यू अर्थात प्रतिकित्ता १०० रुपैयाँमै आइपीओ बिक्री गर्न बोर्डले सन नेपाललाई अनुमति दिएको हो । यसले जारी पुँजीको ३० प्रतिशत आईपीओ बिक्री गर्न लागेको हो । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।

    यता, सिटिजन लाइफले पनि कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये ५ लाख ६२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

    बोर्डले सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता २४४ रुपैयाँ र कर्मचारीलाई फेस भ्याल्यूमै आइपीओ बिक्री गर्न बोर्डले अनुमति दिएको हो । सिटिजनले पनि जारी पुँजीको ३० प्रतिशत आईपीओ बिक्री गर्न लागेको हो । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend