२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रिमियम मूल्य राखेर आईपीओ बिक्री खुला गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स


सञ्चार डबली
  • मंगलबार, असार १९ २०८०
  • 18.6K
    SHARES

  • images
    प्रिमियम मूल्य राखेर आईपीओ बिक्री खुला गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

     

    काठमाडौ, १९ असार । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । यस कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको छ ।

    कम्पनीले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा साउन १० गतेसम्म आवेदन दिन सकिनेछ । दुवैले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend