२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

फिल्म  ‘द केरला स्टोरी’ लाई राष्ट्रिय चलचित्र पुरस्कार दिएकोमा केरलाको मुख्यमन्त्रीको आपत्ति


सञ्चार डबली
  • आइतबार, साउन १८ २०८२
  • 7.3K
    SHARES

  • images
    फिल्म  ‘द केरला स्टोरी’ लाई राष्ट्रिय चलचित्र पुरस्कार दिएकोमा केरलाको मुख्यमन्त्रीको आपत्ति

     

    काठमाडौं ।  सुदिप्तो सेन द्वारा निर्देशित फिल्म ‘द केरला स्टोरी’ ले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट निर्देशक र उत्कृष्ट छायांकनको अवार्ड प्राप्त गरेपछि केरला सरकारले यसको कडा आलोचना गरेको छ । मुख्यमन्त्री पिनाराई विजयनले सो निर्णयको निन्दा गर्दै यसलाई भारतीय सिनेमाको महान परम्पराको अपमान भनेका छन्।  केरला मुख्यमन्त्री पिनाराई विजयनले एक्समा मा पोस्ट साझा गरेर भनेका छन कि यसले केरलाको छविलाई ध्वस्त पार्ने र साम्प्रदायिक घृणा फैलाउने नियतले गलत कुरा देखाउने फिल्मलाई सम्मान दिनु निकै चिन्ताको विषय भएको जनाएका छन । राष्ट्रिय चलचित्र पुरस्कारको निर्णायक मण्डलले संघ परिवारको विभाजनवादी विचारधारामा आधारित कथालाई मान्यता दिएको उनको आरोप रहेको छ ।

    उनले थप लेखेका छन्, ‘केरला एउटा यस्तो राज्य हो, जुन सधैं सद्भाव, शान्ति र भाइचाराका लागि परिचित छ। यो निर्णयले केरला र त्यहाँका जनताको अपमान गरेको छ । यो मलायालीहरूको मात्र होइन, लोकतन्त्र र संविधानका मूल्यहरूमा विश्वास गर्ने हरेक व्यक्तिको चिन्ताको विषय हो। यसको विरुद्धमा सबै मिलेर आवाज उठाउनु पर्छ।’
     
    यसका साथै,  केरलाका शिक्षामन्त्री वी। शिवनकुट्टीले पनि यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले केरलाबाट राष्ट्रिय चलचित्र पुरस्कार विजेता उर्वशी, विजयराघवन र क्रिस्टो टमीलाई बधाई दिए तर ‘द केरला स्टोरी’लाई पुरस्कार दिने निर्णयको आलोचना गरे। घृणा र निराधार आरोप फैलाउने चलचित्र ‘द केरला स्टोरी’ लाई सम्मान गर्दा अरु सबै अवार्डको गरिमा घटेको उनले बताए ।

    फिल्म ‘दि केरला स्टोरी’ २०२३ मा रिलिज भएको थियो। यस फिल्मलाई लिएर धेरै विवाद भएको थियो। फिल्मले कथित तथ्यहरूलाई गलत रूपमा प्रस्तुत गरेको र केरलालाई साम्प्रदायिक टोनमा देखाएकोमा व्यापक आलोचनाको सामना गर्नुपरेको थियो।यो अवार्ड गत शुक्रबार बितरण गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend