२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

साङ्गे विद्युत कम्पनीको हकप्रद सेयर बिक्री खुला


सञ्चार डबली
  • मंगलबार, असार १९ २०८०
  • 10.0K
    SHARES

  • images
    साङ्गे विद्युत कम्पनीको हकप्रद सेयर बिक्री खुला

     

    काठमाडौ,  १९ असार । आजदेखि विद्युत कम्पनीले ८०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री बिक्री खुला गरेको हो । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले आजदेखि १ः८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । 

    यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । हाल कम्पनीको प्रतिकित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले आग्रह गरेको छ । 

     सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउने छन् । कबूल नगरिएको सम्पूर्ण हकप्रद सेयरहरु बढी सेयर खरिदका लागि आवेदन दिने सेयरधनीलाई वितरण गरिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend