२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


सञ्चार डबली
  • मंगलबार, असार १९ २०८०
  • 28.3K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

     

    काठमाडौ, १९ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८४ पैसा र बिक्री दर १३१ रूपैयाँ ४४ पैसा तथा युरो एकको खरिद दर १४२ रूपैयाँ ५४ पैसा र बिक्री दर १४३ रूपैयाँ १९ पैसामा कारोबार गर्न सकिने भएको छ ।

    हिजो अमेरिकी डलर एकको खरिद दर १३०.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५७ रुपैयाँ रहेको थियो भने युरोपियन युरो एकको खरिद दर १४२.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५७ रुपैयाँ कायम गरी कारोबार हुन गएको थियो ।

    बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६५ रूपैयाँ ८४ पैसा र बिक्री दर १६६ रूपैयाँ ६० पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७।४७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९९ रुपैयाँ १७ पैसामा कारोबार गर्न सकिनेछ ।

    उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर १० रूपैयाँ ५ पैसामा कारोबार हुनेछ ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९० पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.०३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१६ रुपैयाँमा किनबेच हुुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend