२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

यस्तो छ, आजको फलफूल तथा तरकारी मूल्य, भटमास कोशा १०६ रुपैयाँ


सञ्चार डबली
  • सोमबार, असार १८ २०८०
  • 8.9K
    SHARES

  • images
    यस्तो छ, आजको फलफूल तथा तरकारी मूल्य, भटमास कोशा १०६ रुपैयाँ


    काठमाडौं, १८ असार ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार ठुलो नेपाली गोलभेडा, झिगूनी र ब्रोकाउली प्रतिकेजी ६५ रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ३३ रुपैयाँ ६० पैसा, रातो आलु, स्थानीय काउली र लाम्चो भन्टा ४५ रुपैयाँमा किनबेच भइरहेकाे छ ।

     

    भारतीय रातो आलु प्रतिकेजी ३५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ तथा लोकल गाजर ११६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ७ रुपैयाँ ६० पैसा, स्थानीय काउली (ज्यापु) ५५ रुपैयाँ, रातो मूला ४६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला १२ रुपैयाँ ५० पैसा, तने बोडी ११० रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसामा काराेबार हुनेछ ।

    मकै बोडी र तितो करेला ९५ रुपैयाँ, लोकल  घिउ सिमी १०५ रुपैयाँ, हाइब्रीड घिउ सिमी १२० रुपैयाँ, टाटे सिमी, परवर र न्यूरो ८५ रुपैयाँ, भटमास कोशा १०६ रुपैयाँ ६७ पैसा, लौका र रायोको साग ७५ रुपैयाँ, घिरौला ९६ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा कायम गरिएकाे छ । 

    त्यसैगरी, कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ, कुरीलो १८३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले ३२५ रुपैयाँ, पुदीना १४० रुपैयाँ, तामा र तोफु ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँमा किनबेच हुनेछ ।

    उता, फूजी स्याउ ३३३ रुपैयाँ ३३ पैसा, कागती १६७ रुपैयाँ ५० पैसा, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप ८६ रुपैयाँ ६७ पैसा, दसहरी आँप ९६ रुपैयाँ ६७ पैसा, कालो अंगुर ५३६ रुपैयाँ, लोकल काक्रो ११० रुपैयाँ र अकबरे खुर्सानी १७५ रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend