२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको मूल्य ?


सञ्चार डबली
  • सोमबार, असार १८ २०८०
  • 9.6K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको मूल्य ?

     

    काठमाडौ, १८ असार । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५७ रुपैयाँ रहेको छ ।

    हिजो डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ०३ पैसा र बिक्री दर १४२ रूपैयाँ ६८ पैसा रहेको थियो ।

    अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७२ रुपैयाँ कायम रहदाँ क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३९ पैसामा कारोबार हुनेछ ।

    यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ७ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.१७ रुपैयाँ रहेको छ तथा दक्षिण कोरिया वान १०० को खरिदमा ९ रूपैयाँ ९५ पैसा र बिक्रीदर १० रूपैयाँ कायम गरिएको छ ।

    त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ तथा बिक्री दर ३५.०८ रुपैयाँ र मलेसियन रिगिट एकको खरिद दर २८.०६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँमा कारोबार हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend