२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनएमबि बैंकले धितो र कागजात बिनै किसानलाई ऋण दिने


सञ्चार डबली
  • शुक्रबार, असार १५ २०८०
  • 7.4K
    SHARES

  • images
    एनएमबि बैंकले धितो र कागजात बिनै किसानलाई ऋण दिने

    २०८० असार १५ गते

    काठमाडौं । एनएमबि बैंकले कागज र धितो बिना नै किसानलाई कर्जा दिने भएको छ । बैंकले एनएमबि खेती कर्जा अन्तर्गत किसानलाई उक्त कर्जा दिने भएको हो । जसको लागि एनएमबि बैंक र खेतीबीच सम्झौता भएको छ । उक्त सम्झौता शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भएको हो ।

    बैंकले धान दिवसको अवसरमा नेपालको बैंकिङ इतिहासमा पहिलो पटक यो योजना ल्याएको हो । जसले किसानलाई ऋण लिन सहज हुनेछ । बैंकले यो योजना अन्तर्गत बिना धितो डिजिटल कर्जा दिनेछ । किसानले अधिकतम् सीमा २४ महिनाको लागि १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा पाउने छन् ।

    यो कर्जा लिनको लागि किसानको खाता एनएमबी बैंक र खेती दुबैमा हुनुपर्ने बैंकले जानकारी गराएको छ । बैंकका अनुसार बैंकले कृषि सामाग्री खरीद गर्न कर्जा दिने भएकाले कर्जा रकम किसानको खातामा प्रत्यक्ष जान्छ । बैंकले किसानको योग्यता र क्षमताको आधारमा कर्जा प्रवाह गर्ने छ । त्यस्तै, अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने छ भने निकट भविष्यमा सातै प्रदेशमा पुर्याइने बैंकले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend