२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपालमै उत्पादित अन्तराष्ट्रियस्तरको टायलको मूल्य एकैदिन २० प्रतिशतले घट्यो


सञ्चार डबली
  • बिहीबार , असार १४ २०८०
  • 16.2K
    SHARES

  • images
    नेपालमै उत्पादित अन्तराष्ट्रियस्तरको टायलको मूल्य एकैदिन २० प्रतिशतले घट्यो

    काठमाडौं । प्राइम सेरामिक्स् प्रा.लीले बिहिबारदेखि आफ्नो उत्पादन प्राइम टाइल्स् विथ स्टाइल लाई बिक्री–वितरणमा ल्याएको छ । भुइँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी हो । नविन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्धारा टायल बजारलाई नै पुर्नपरिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्स् प्रा.लीले रौतहटस्थित बृन्दावन नगरपालीका–६ मा १० विघा क्षेत्रफलमा अत्याधुनिक इटालीयन प्रविधीद्धारा पूर्णरुपमा स्वचालित उधोगको स्थापना गरेको छ । 

    प्राइम सेरामिक्स टायल उद्योगले घर तथा आवासमा प्रयोग गरिने टायल स्वदेशमै टायल उत्पादन गरी बजारमा बिक्री वितरण गर्न थालेपछि एकै दिनमा २० प्रतिशत मूल्य घटेको प्राइम सेरामिक्स् पालिका अध्यक्ष आशिष गर्गले बताए । उनले आगामी दिनमा यो मूल्य अझै घट्ने बताए । नेपालमा कच्चा पदार्थ प्रयोगमा आएपछि लागत कम हुने भएकाले आगामी दिनमा मूल्य अझै घट्न सक्ने उनको भनाइ छ । उनले भविष्यमा नेपाललाई टायलमा आत्मनिर्भर बनाउने र विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखेको बताए ।

    1.jpg
    undefined

    भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा वार्षिक १५ अर्ब रुपैयाँ बराबरको रकम टायल आयात हुने गरेको छ । जसमध्ये ९९ प्रतिशत टायल भारतबाटै आयात हुने गरेको छ । साथै, चाइना, मलेसीया, इटालि, स्पेनलगायतका देशबाट पनि टायल आयात हुने गरेको छ । तर, पछिल्लो समय टायलमा भारत ठूलो प्रतिस्पर्धी मुलुक बनेको अध्यक्ष गर्गले बताए । २५ सय किलोमिटर टाढा भारतको गुजरातबाट टायल आयात हुँदा मूल्य पनि दोब्बर तिर्नु परेको उनले बताए ।

    गर्गका अनुसार गुजरातमा उत्पादन भएको टायल ९९ प्रतिशत जनताले प्रयोग गर्छन् । १८ सय उद्योग एउटै ठाउँमा सञ्चालन गरेर भारतले टायलमा ठूलो प्रगति गरेको उनले बताए । साथै, ४० हजार करोड भारतीय रुपैयाँ बराबरको टायल उद्योग गरी ३० वटा देशमा निर्यात पनि गरिरहेको उनको भनाइ छ । अब नेपालमा टायल उत्पादन हुन थालेपछि सस्तो मूल्यमा उपभोक्ताले प्रयोग गर्न पाउने गर्गले बताए ।

    लामो समयदेखि नेपालमा टायल तथा सोही प्रकृतिका सामान आयात गरेर व्यापार गर्दै आएका व्यवसायीहरु आशीष गर्ग, प्रशान्त अग्रवाल लगायतले मधेस प्रदेशको रौतटहमा प्राइम सेरामिक्स उद्योग स्थापना गरेका हुन् । अब ब्यापारी मात्रै नभई उद्योगी बनेर टायलमा देशलाई आत्मनिर्भर बनाउने अध्यक्ष गर्ग बताउँछन् । बहुर्राष्ट्रिय इटालियन कम्पनी जडान गरी हाल २ फिट चौडा र ४ फिट लम्बाई भएका टायल उत्पादन गरिरहेको उनको भनाइ छ । उनका अनुसार घरमा टायल प्रयोग गर्दा आफ्नो तस्विर भएको टायल लगाउन चाहना छ भनेपनि त्यो डिजाइन उपलब्ध रहेको छ । २५० डिजाइनका टायल उत्पादन भइरहेको उनले बताए ।

    2.jpg
    undefined

    ‘हामीले इटालियन प्रविधि जडान गरेर भारत, इटाली, स्पेनमा उत्पादन हुने टायल जस्तै बलियो र गुणस्तर टायल उत्पादन गरिरहेका छौं, सानोदेखि ठूलोसम्म सबै प्रकारका टायल छन्, पहिलो चरणमा २ देखि ४ फिटसम्मका टायल बजारमा पठाएका छौं,’ उनले भने, ‘अहिलेसम्म भारतको चाहना अनुसारका डिजाइन भएका टायल बजारमा छन्, नेपाली डिजाइनको उत्पादन भएपछि आज अर्डर गरेर भोलि सोही डिजाइन अनुसार पाइनेछ, आफ्नो फोटो पनि टायलमा छाप्न मन छ भने त्यो सेवा पनि उपलब्ध गराउँछौं ।’

    २ दशकदेखि टायल आयात गरिरहेका गर्ग जलविद्युत व्यवसायी पनि हुन् । व्यवसायबाट उद्योगी बनेका गर्ग सीएमएस ग्रुप (कन्स्ट्रक्सन मेट्रियल सोलुसन)का अध्यक्ष हुन् । आजदेखि बजारमा टायल आएपछि आयात घट्दै जाने उनको तर्क छ । उनको उद्योगमा ३ सय जनाले रोजगारी पाएका छन् । नेपाली इन्जिनियरलाई सिप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने र वातावरणमैत्री उद्योग बनाउने उनको योजना छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend