२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • बिहीबार , असार १४ २०८०
  • 9.1K
    SHARES

  • images
    सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौ, १४ असार । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले करिब १ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार २९२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा देवराज चौलागाईंको २३ हजार ३१ कित्ता, विमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको ९ हजार कित्ता, कल्पना मास्केको ३० हजार १४२ कित्ता र मीन श्रेष्ठको १९ हजार १९३ कित्ता छन्।

    यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको अवधि तोकिएको छ। यो अवधिभित्र संस्थापक सेयरधनीहरुले ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालयमा गएर खरिद आवेदन दिनुपर्नेछ। यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend