२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ : मन्त्री गुरुङ


सञ्चार डबली
  • बुधबार, जेठ २८ २०८२
  • 6.3K
    SHARES

  • images
    एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ : मन्त्री गुरुङ

    काठमाडौँ, जेठ २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले एआईको विकासको लागि एआईको नीति २०२५ को तयारी पूरा गरेको बताएका छन् । मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले एआईको नीति २०२५ को तयारी पूरा भएको र अब मन्त्रिपरिषद्को बैठकबाट पारित हुन मात्र बाँकी रहेको भन्दै उक्त नीतिले नेपालको लागि नैतिक, आदर्श आधार पारिस्थितिक प्रणाली सुनिश्चित गर्ने बताए । 

    उनले भने, “भविष्य केन्द्रीत र जनताको हितमा काम गर्न नेपालको धारणा एकदमै स्पष्ट छ । सरकारले एआईको विकासको लागि एआईको नीति २०२५ को तयारी पूरा भएको छ र अब मन्त्रिपरिषद्को बैठकबाट पारित हुन मात्र बाँकी छ । नीतिले नेपालको लागि नैतिक, आदर्श आधार पारिस्थितिक प्रणाली सुनिश्चित गर्छ ।”

    यस्तै, उनले आइटी र सूचना प्रविधि पारिस्थितिक प्रणालीको निर्माण गर्न हरेक प्रदेशमा आइटी कम्पनी खोलेर आइटी हब बनाउने पनि बताए । शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, आर्थिक, उद्योग र सरकारलाई पूर्ण रुपान्तरण गर्नको लागि पनि सरकारले पहल गरेको उनको भनाई छ । 

    साथै, उनले कानूनी, भौतिक र प्राविधिक व्यवस्थासहित आइटीलाई पूर्ण चरणका उद्योगको रूपमा स्थापित गर्ने भन्दै डिजिटल नागरिकको लागि भविष्य तयार गर्नको लागि सबै युवाहरूलाई डिजिटल कौशलता विकासको लागि एआइ तालिम वितरण गर्ने बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend