२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

धनगढी उपमहानगरको बजेट १ अर्ब ९३ करोड


सञ्चार डबली
  • सोमबार, असार ११ २०८०
  • 7.8K
    SHARES

  • images
    धनगढी उपमहानगरको बजेट १ अर्ब ९३ करोड
    काठमाडौं, ११ असार ।  धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागी १ अर्ब ९३ करोड ८ लाख २४ हजार २ सय १८ रुपैयाको बजेट प्रस्तुत गरेको छ । आइतबार दशौं नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेट नगरसभाबाट पारित भएको छ । रानाले प्रस्तुत गरेको अनुमानित बजेटमा कुल खर्चमा चालुतर्फ १ अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रुपैयाँ रहेको छ भने पुँजीगततर्फ ७५ करोड ६३ लाख २७ हजार १ सय ५५ रुपैयाँ छ ।

    आयतर्फ आन्तरिक आय ३५ करोड ४३ लाख २० हजार २१८ रुपैयाँ, राजस्व बाँडफाँड ४६ करोड ९७ लाख ९२ हजार रुपैयाँ, अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) बाट ९२ करोड ८५ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) ५ करोड ३२ लाख १२ हजार रुपैयाँ र सरी आएको मौज्दात १२ करोड ५० लाख रुपैयाँ गरी कुल आय एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँ अनुमान गरिएको उपप्रमुख रानाले उल्लेख गरिन् ।

    व्ययतर्फ चालु खर्च १ अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रुपैयाँ र पुँजीगत खर्चतर्फ ७५ करोड ६३ लाख २७ हजार १ सय ५५ रुपैयाँ गरी कुल एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँ अनुमान गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

    आर्थिक विकास तर्फ ९ करोड ६५ लाख ९३ हजार ८ सय १७(५.०० प्रतिशत), समाजिक विकास तर्फ रु ८५ करोड ३६ लाख ५ हजार २ सय २२(४४ दशमलव २० प्रतिशत), पूर्वाधार विकासतर्फ ३६ करोड ८३ लाख ७४ हजार १९४ (१९ प्रतिशत), शुसासन तथा आन्तरसम्बन्धित तर्फ ५ करोड ६५ लाख ५५ हजार ५९(३ प्रतिशत), कार्यालय संचालन तर्फ ५५ करोड ५६ लाख ९५ हजार ९ सय २६(२८.८० प्रतिशत) बजेट विनियोजन गरिएको उपप्रमुख रानाले बताइन् ।


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend