२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

६२.२१ अंकले बढ्यो सेयर बजार


सञ्चार डबली
  • आइतबार, असार १० २०८०
  • 9.0K
    SHARES

  • images
    ६२.२१ अंकले बढ्यो सेयर बजार

    काठमाडौ, १० असार । सेयर बजार ६२.२१ अंकले बढेको छ । नेप्से सूचकले आज आमलागनीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने २१ सय विन्दुलाई पार गरेर बन्द भएको छ । नेप्से सूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ ।

    ६ अर्ब ४९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम विगत ६ महिनायताकै उच्च हो । पछिल्लो समय लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । आइतबार बिमा समूहमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ ।

    यस दिन २७५ कम्पनीको १ करोड ४७ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । ४ वटा कम्पनीको सेयर भाउउ १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४९ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्टिलरीको २४ करोड ३८ लाख रुपैयाँको सेयरकिनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend