२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्री गर्दै प्रभु बैंक लिमिटेड


सञ्चार डबली
  • आइतबार, असार १० २०८०
  • 11.5K
    SHARES

  • images
    ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्री गर्दै प्रभु बैंक लिमिटेड

     

    काठमाडौ, १० असार । प्रभु बैंक लिमिटेडले ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ संस्थापक शेयरधनीहरुका नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

    बैंकका संस्थापक शेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार सरावगीको २ लाख १५ हजार ८५३ कित्ता, ग्लोबल आइएमई समुन्नत योजना–१को १ लाख २८ हजार ३८१ कित्ता र सविता दली जोशीको ७ हजार कित्ता गरी कुल ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

    उक्त शेयरमा हाललाइ विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ । इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ ।

    उक्त शेयर खरिदको लागि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend