२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब २८ करोड ५० लाख


सञ्चार डबली
  • आइतबार, असार १० २०८०
  • 7.7K
    SHARES

  • images
    विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब २८ करोड ५० लाख

    काठमाडौं, १० असार । विराटनगर महानगरपालिकाले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँका बजेट प्रस्तुत गरेको छ । उपप्रमुख कार्कीले महानगरको नीति कार्यक्रम र आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट (वार्षिक अनुमानित आय तथा व्यय विवरण) प्रस्तुत गरेकी हुन् । जसमा चालू खर्चतर्फ १ अर्ब ५१ करोड ८३ लाख, पुँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार तथा वित्तीय व्यवस्थातर्फ ऋणको सावा ब्याज भुक्तानी ५ करोड विनियोजन गरेको छ ।

    उक्त खर्च बेहोर्ने स्रोतमा महानगरपालिकाले संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट ४ करोड ५१ लाख ६३ हजार, राजश्व बाँडफाँडबाट ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आम्दानीबाट ९९ करोड ५० लाख, जनसहभागिताबाट १० करोड, आन्तरिक ऋणबाट १० करोड र अन्य संघ संस्थाबाट ३ करोड र नगद मौज्दातबाट २ करोड रुपैयाँ हुने अनुमान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend