२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • आइतबार, असार १० २०८०
  • 24.9K
    SHARES

  • images
    बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

     

    काठमाडौ, १० असार । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend