२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने समय थप गरियो


सञ्चार डबली
  • आइतबार, असार १० २०८०
  • 8.3K
    SHARES

  • images
    हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने समय थप गरियो

    काठमाडौ, १० असार । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले असार १० गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो ।

    तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो । हिमाल दोलखाले जेठ २२ गतेदेखि ७५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

    यसले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयरको लागि यस कम्पनीले वैशाख २७ मा बुक क्लोज गरेको थियो । तसर्थ, वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

    यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

    हकप्रदमा लक्ष्मी क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend