२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजदेखि अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओको आवेदन खुला


सञ्चार डबली
  • आइतबार, असार १० २०८०
  • 8.6K
    SHARES

  • images
    आजदेखि अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओको आवेदन खुला

     

    काठमाडौं, १० असार । अप्पर स्याङ्गे हाइड्रोपावरको आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन हुनेछ ।

    यस मध्य ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । त्यस्तै, ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

    त्यस अवधिमा सबै सेयर बिक्री नभएमा भने असार २४ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

    रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ कात्तिक ४ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० कात्तिक ४ गतेसम्म बाहल रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend