२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

श्रीनगर एग्रिटेक इन्डष्ट्रीज र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 8.6K
    SHARES

  • images
    श्रीनगर एग्रिटेक इन्डष्ट्रीज र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता

     

    काठमाडौ, ९ असार । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सम्झौता भएको छ ।नबिल इन्भेष्टमेन्ट र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच साधारण सेयर (आईपीओ) निष्कासनमा सहयोग गर्ने सम्झौता भएको हो । साथै, कम्पनीलाई एक सूचीकृत कम्पनी बनाउने र आवश्यक पुँजीको उपलब्धताजस्ता सहयोगी भूमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको हो ।

    सम्झौतामा श्रीनगर एग्रिटेकका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेको जनाइएको छ । सार्वजनिक निष्कासनका लागि श्रीनगर पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend