२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ ११ असारमा बाँडफाँट गरिने


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 10.6K
    SHARES

  • images
    नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ ११ असारमा बाँडफाँट गरिने

    काठमाडौं, ९ असार । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ असार ११ गते (सोमबार) बाँडफाँट गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको काठमाण्डौ कमलादीस्थित कार्यालयमा आईपीओ बाँडफाँड कार्यक्रम राखिएको छ। दिउँसो ४ बजे आईपीओ बाँडफाँड गरिने क्यापिटलले नाएको छ।


    यो कम्पनीले गत जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री गरिसकेको थियो।

    यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

    सीडीएससीका अनुसार अन्तिम दिनसम्म आईपीओमा १२ लाख ८२ हजार ६३६ आवेदकबाट कुल १ करोड ३९ लाख २३ हजार ३८० कित्ता सेयर माग भएको छ। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये १ जनाले थप १ एक सेयर पाउनेछन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend