२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एक वर्षमा तीन लाख ५१ हजार मेट्रिक टन मल आयात


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 8.0K
    SHARES

  • images
    एक वर्षमा तीन लाख ५१ हजार मेट्रिक टन मल आयात

     

    काठमाडौं, ९ असार । एक वर्षमा तीन लाख ५१ हजार मेट्रिक टन मल आयात भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साउनदेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको जानकारी दिएका हुन् ।

    धान रोपाइँका बेला मल अभाव नहुनेगरी व्यवस्था गरिएको जानकारी दिँदै उनले हाल ७१ हजार मेट्रिक टन मल मौजाद रहेको जानकारी दिए । साथै यसै महिनामा भारतबाट ४५ हजार मेट्रिक टन डिएपी मल आयात गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend