२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पर्यटकीय क्षेत्र सोलुखुम्बुको खुम्जुङ उपत्यका, पर्यटकको चहलपहल बढ्दै


सञ्चार डबली
  • सोमबार, वैशाख ८ २०८२
  • 8.2K
    SHARES

  • images
    पर्यटकीय क्षेत्र सोलुखुम्बुको खुम्जुङ उपत्यका, पर्यटकको चहलपहल बढ्दै


    काठमाडौं ।सोलुखुम्बुको खुम्जुङ उपत्यका पर्यटकीय क्षेत्र हो । हरित उपत्यकाका नामले चिनिने खुम्जुङ नाम्चेभन्दा केही माथि पर्छ । बसन्तकालिन सिजनमा सगरमाथा आरोहण र आधार शिविरसम्म पुग्ने पर्यटकहरु खुम्जुङमा रमाइलो गर्ने गर्छन् । समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा रहेको खुम्जुङ उपत्यका अन्तर्राष्ट्रियस्तरमा परिचित हुन थालेको छ । यहाँका सबै घरहरुमा हरियो रंगको जस्तापाताले छाइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने यो उपत्यका पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । 

    खुम्जुङ पुग्न सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट पैदल चारदेखि पाँच दिन लाग्छ भने हवाई यात्रा मार्फत लुक्लाबाट तीन दिन लाग्छ । रहस्यमय जीव यतीको टाउकोको छाला यही उपत्यकाको खुन्देस्थित गुम्बामा रहेकाले पर्यटकहरु झुम्मिने गरेका छन् ।शेर्पाहरुको पुरानो गाउँको रुपमा चिनिने हिमालको फेदीमा रहेको यो गाउँबाट आमाडबलम हिमालको सुन्दर दृश्य देख्न सकिन्छ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend