२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गभर्नर नियुक्तिमा कांग्रेस-एमालेले अरबौंको आर्थिक डिल गरेको छ: पूर्वअर्थमन्त्री पुन


सञ्चार डबली
  • शुक्रबार, वैशाख ५ २०८२
  • 6.8K
    SHARES

  • images
    गभर्नर नियुक्तिमा कांग्रेस-एमालेले अरबौंको आर्थिक डिल गरेको छ: पूर्वअर्थमन्त्री पुन

    काठमाडौं, वैशाख ५ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् ।

    पार्टीसम्वद्ध रोल्पा काठमाडौं सम्पर्क समन्वय समितिद्वारा शुक्रबार चन्द्रागिरिमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको बताए । यसअघि विभिन्न नियामक निकायमा स्वार्थ समूह र बिचौलियाको स्वार्थमा नियुक्ति गरेको सरकारले उनीहरुकै चाहनामा गभर्नर नियुक्त गर्न चाहेको उनको भनाइ थियो ।

    ‘नियामकीय भूमिकामा रहनुपर्ने राष्ट्र बैंकको गभर्नरजस्तो पदमा नियुक्तिका लागि अरबौंको आर्थिक डिल भएको समाचार सार्वजनिक सञ्चारमाध्यममा आइरहेका छन्’, पुनले भने, ‘हामी सरकारलाई चेतावनीका साथ भन्न चाहन्छौं स्वार्थ समूहका प्रतिनिधिलाई राष्ट्र बैंक जिम्मा लगाउने काम नहोस् ।’

    पुनले पैसामा खरिद गरेर गभर्नर वा नियामकीय जिम्मेवारी प्राप्त गर्नेले पनि आफू सधैं पदमा रहिरहने नसोच्न चेतावनी दिए ।

    ‘स्वार्थ समूहको प्रतिनिधि भएर राज्यका नियामकीय भूमिकामा नियुक्ति पाउनेहरुले सोचे हुन्छ, को कसरी नियुक्त भएको छ भन्ने सबैले हेरिरहेको छ । हामीले पनि हेरेका छौँ’, उनले भने ।

    पुनले राज्यका निकायहरूमार्फत् अर्थतन्त्रमा कब्जा जमाउन चाहने स्वार्थ समूहले नै वर्तमान कांग्रेस–एमाले सरकार बनाएको विभिन्न घटनाक्रमले पुष्टि गरेको बताए ।

    उनले कांग्रेस–एमाले सरकार पूर्ण रुपमा असफल भएको पनि टिप्पणी गरे । दुईतिहाइको सरकार विकास निर्माण, सुशासन र जनअपेक्षामा पूर्णतः चुकेको भन्दै पुनले त्यहीकारण जनतामा चरम निराशा र आक्रोश बढेको उल्लेख गरे ।

    कांग्रेस–एमालेको कुशासन र अक्षमताका कारण जनतामा बढेको निराशालाई राजावादीले आफ्नो स्वार्थमा उपयोग गर्न खोजेको चर्चा पुनले गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend